काठमाडौ, सिईडिबी हाइड्रोपावर कम्पनीको शेयर कारोबार खुलेको छ । बुधबार देखि कम्पनी शेयर दोस्रो बजारमा कारोबार खुलेको हो ।
कम्पनीको शेयर नेप्सेले प्रदान गरेको ओपिनिङ्ग रेन्जको हाई रेन्जबाट खुलेको छ । कम्पनीको शेयर प्रतिकित्ता ४१६ रुपैयाँ कारोबार भएको हो ।
कम्पनीको शेयरमुल्य ९.८६ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य ४५७ रुपैंया पुगेको छ ।
हाई रेन्जबाट कारोबार खुलेपछि कम्पनी शेयर खरिदकर्ताहरुको उच्च चाप देखिएको छ । कम्पनी करिब ९ लाख ५६ हजार ५३९ कित्ता शेयरको माग रहेको छ भने बिक्रीकर्ता भने शून्य देखिएको छ ।
मंगलबार कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको थियो ।
प्रतिक्रिया