पुनर्बीमा ब्रोकर सम्बन्धी निर्देशिका जारी, अधिकृत पूँजी न्युनतम १० करोड रुपैयाँ हुनुपर्ने

बुधबार, २६ जेठ २०७८, १८ : २९

काठमाडौं, बीमा समितिले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले पुनर्बीमा दलालको पूँजी निर्धारण गरी दर्ता तथा नियमनको व्यवस्था मिलाई पुनर्बीमा बजारको विकास गर्न आवश्यक रहेकोले बीमा ऐन २०४९ अनुसार निर्देशिका जारी गरेको हो ।

निर्देशिका अनुसार पुनर्बीमा दलालको अधिकृत पूँजी न्युनतम १० करोड रुपैयाँ हुनुपर्नेछ । पूँजी मध्येबाट अधिकृत पूँजीको २५ प्रतिशत रकम बीमा समितिबाट एअर मार्क गराई वाणिज्य बैंकको मुद्धती खातामा राख्नुपर्ने व्यवस्था गरेको छ ।

पुनर्बीमा ब्रोकर कम्पनीको अवधि एक आर्थिक वर्षको हुने छ । पुनर्बीमा दलालको इजाजतपत्र लिन चाहाने व्यक्तिले पुनर्बीमा दलालको रुपमा दर्ता हुन प्रचलित कानून बमोजिम संगठित संस्थाको रुपमा संस्थापना र दर्ता भएको हुनुपर्ने छ ।

निवेदकलाई पुनर्बीमा दलालको इजाजत दिँदा पुनर्बीमा व्यवसाय स्वस्थ्य प्रतिस्पर्धात्मक र प्रभावकारी नहुने भएमा वा बीमितको हित संरक्षण हुनसक्ने नदेखिएमा, संस्थापक, सञ्चालक एंव मुख्य व्यवस्थापक पुनर्बीमा दलालको कार्य गर्न सक्षम भएको नदेखिएमा समितिले इजाजतपत्र दिन इन्कार गर्ने व्यवस्था समेत निर्देशिकाले गरेको छ ।

पुनर्बीमा दलालले बीमकले जारी गरेको बीमाले अन्र्तगत उत्पन्न हुने दायित्वको सम्बन्धमा बीमक ९पुनर्बीमित० को तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसँग मध्यस्थता गर्ने, पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, बीमा÷पुनर्बीमा बजारको तथ्यांक विश्लेषण गरी पुनर्बीमित÷पुनर्बीमकलाई उपलब्ध गराउने, पुनर्बीमा दावी भुक्तानी सहजीकरण गर्ने लगायतका काम गर्न सक्ने व्ययवस्था उक्त निर्देशिकाले व्यवस्था गरेको छ ।

पुनर्बीमा दलालको इजाजपत्र लिनका लागि संगठित संस्था दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि प्रवन्धपत्र र नियमावली, सम्भाव्यता अध्ययन प्रतिवेदन, संगठित संस्थाको प्रमुख कार्यकारी अधिकृत वा प्रमुख व्यवस्थापकको व्यक्तिगत विवरण तथा समितिले आवश्यक देखेका अन्य कागजात तथा विवरण पेश गर्नु पर्ने व्यवस्था उक्त निर्देशिकाले गरेको छ ।

निर्देशिका अनुसार पुनर्बीमा व्यवससाय सम्बन्धी कारोबार गर्न इच्छुक विदेशी पुनर्बीमा दलालले समितिमा सम्पर्क÷शाखा खोल्न इजाजतको लागि समेत तोकिएको दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

समितिले निवेदन दिने दलालहरुलको अन्तराष्ट्रिय व्यवसायिक पहुँच, प्रतिष्ठा तथा समितिले तोकेको अन्य आवश्यक मापदण्डको आधारमा समितिले नेपालमा सम्पर्क शाखा खोल्न इजाजत दिन सक्नेछ ।

समितिबाट पुनर्बीमा दलालको इजाजत दिने आशय पत्र प्राप्त भएपछि ब्रोकिंग कार्य गर्नुअघि नेपालको क वर्गाको वाणिज्य बैंकमा सेक्युरिटी डिपोजिट वापत अमेरिकी डलर ५० हजार रुपैयाँ जम्मा गर्नुपर्ने छ ।

नेपाली पुनर्बीमा दलालसँग संयुक्त रुपमा नेपालमा पुनर्बीमा दलाल संगठित संस्था खोल्न इच्छुक विदेशी पुनर्बीमा दलालले पूँजीको ५५ प्रतिशतसम्म शेयर हिस्सा राख्नसक्ने व्यवस्था रहेको छ ।

पुनर्बीमा दलालको कार्यालयमा एक जना मुख्य व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृत तथा उच्च अधिकृतको अलावा आवश्यकता अनुसार १ जना सूचना प्रविधि विज्ञ विदेशी नागरिक राख्न सकिने र अन्य कर्मचारीहरुको हकमा नेपाली नागरिक नियुक्त गर्नुपर्ने व्यवस्था रहेको छ ।

बुधबार, २६ जेठ २०७८, १८ : २९

प्रतिक्रिया