काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
कारोबारमा आएको दोस्रो दिन बिहीवार कम्पनीको शेयरमुल्य ९.८५ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५०२ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. १३८.७९ देखि ४१६.३७ सम्म मूल्य रेञ्ज तोकेकोमा हाई रेञ्जमा कारोबार शुरु भएको थियो ।
प्रतिक्रिया