शेयर बजारमा नयाँ किर्तिमान : ३८.३२ अंकले बढेर ऐतिहासिक उचाईमा नेप्से, साढे १९ अर्ब भन्दा बढीको कारोबार

आइतबार, ३० जेठ २०७८, १५ : ३३

काठमाडौं, साताको पहिलो दिन (आइतबार) शेयर बजार ऐतिहासिक उचाईमा पुगेको छ । पछिल्लो समय शेयर बजारले एकपछि अर्को रेकर्ड बनाउँदै आइरहेको थियो । आज नेपाल स्टक एक्सेन्च (नेप्से) नयाँ उचाई र सार्वधिक कारोबार गर्दै सबै रेकर्ड ब्रेक गरेको हो ।  

आइतबार कारोबारको अन्तिम दिन नेप्से परिसुचक ३८.३२ अंकले बढेको छ ।

कारोबार सुरु  भएको ४ अवधीमा परिसुचक ३८.३२ अंकले बढेर २९८३.११ को बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । 

आज २२० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १०४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७४ शेयरमूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २२० कम्पनीका ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर १ लाख ८२ हजार ४३० पटक कारोबार हुदाँ १९ अर्ब ५५ करोड १ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७२ करोड २९ लाख बराबरको शेयर कारोबार भएको छ ।

आइतबार, ३० जेठ २०७८, १५ : ३३

प्रतिक्रिया