सेयर बजारमा ऐतिहासिक रेकर्ड, नेप्सेले भन्यो अध्ययन गरेर मात्र लगानी गर्नु

२ बर्ष अगाडि

काठमाडौं - आइतबार नेपालको नेप्से परिसुचक र कारोबार रकमले हाल सम्मका सबै रेकर्डहरु ब्रेक गर्दे सर्वाधिक उच्च बिन्दुमा पुगेको थियो । 

नेपाल स्टक एकस्चेन्ज (नेप्सले) आइतबार एक बिज्ञप्ति जारी गर्दै १ लाख ८२ हजार ४३० कारोबारमा १९ अर्ब ५५ करोेड १ लाख ६० हजार रुपैयाँ बराबरको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ताको सेयर कारोबार भएको र नेप्से परिसुचक २९८३.११ को बिन्दुमा पुग्दा कारोबार रकम, कारोबार संख्या र बजार परिसुचकका आधारमा धितोपत्रको दोस्रो बजारमा नयाँ किर्तिमान कायम भएको जनाएको छ । 

बजार २०७६ कार्तिक २० गतेबाट पुर्ण स्वचालित अनलाईन कारोबार प्रणाली सञ्चालनमा आएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार आएको भन्दै हाल ७ लाख भन्दा बढि लगानीकर्ताहरुले टिएमस को युजरनेम र पासवर्ड लिएको जनाइएको छ । 

साथै विज्ञप्तीमा लगानीकर्ताहरुले कारोबार गर्दा सेयर मूल्यमा प्रभाव पार्न सक्ने धेरै भन्दा धेरै सूचनाहरु संकलन तथा बिश्लेषण गर्नुपर्ने जनाएको छ । खासगरी आँफुले लगानी गर्न चाहेँको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको संभावना, नाफा नोक्सानको स्थिति लगयतका आधारभुत पक्ष र कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम कम्पनीको मूल्य लगायतको प्राविधिक विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया