काठमाडौं- कारोबारको दोस्रोे दिन (सोमबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक २६.३५ अंकले बढेको छ ।
प्रि ओपनिङ्ग सेसनमा परिसुचक २६.३५ अंकले बढेर ३००९.४६ को बिन्दुमा पुगेको छ । प्रि ओपनिङ्ग सेसनमा नै परिसुचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ९४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ७७ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७ शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ९४ कम्पनीका ४० हजार ५९२ कित्ता शेयर २ करोड १९ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया