तेस्रोे घण्टा : ३०२१.६४ बिन्दुमा पुग्यो नेप्से,कारोबार रकम साढे १३ अर्ब नजिक

२ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रोे दिन (सोमबार) तेस्रोे घण्टामा नेप्से परिसुचक ३८.५३ अंकले बढेको छ ।

कारोबार सुरु भएको तीन घण्टा बित्दाँ परिसुचक ३८.५३ अंकले बढेर ३०२१.६४ को बिन्दुमा पुगेको छ ।  

आज २२० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९० कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८६ शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २२० कम्पनीका २ करोड ५३ लाख ६७ हजार १६७  कित्ता शेयर १३ अर्ब ४० करोड १५ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रु.४२ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया