चार कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, ८ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि

सोमबार, ३१ जेठ २०७८, १५ : २२

काठमाडौं, कारोबारको दोस्रोे दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा १२ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

कारोबारको अन्तिम समयसम्म आउँदा ४ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ भने ८ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको हो ।

आज नेपाल इन्स्योरेन्स कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै,  ङादी ग्रुप पावर कम्पनी, ओरिन्टेड होटल,सीईडीबी हाइड्रोपावर, तारागाउँ रिजेन्सी, युनियन हाइड्रोपावर, एचआईडीसीएल र सोल्टी होटल र हिमालयन डेस्टीलेरीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

सोमबार, ३१ जेठ २०७८, १५ : २२

प्रतिक्रिया