सिटिजन्स बैंकको शेयर नेप्सेमा सूचीकृत

मंगलबार, ०१ असार २०७८, १३ : २७

काठमाडौं, सिटिजन्स बैंकको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ । 

सोमबार तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि कायम भएको शेयर सिटिजन्स बैंकको नाममा सूचीकरण भएको हो ।

सिटिजन्स बैंकको नाममा प्रतिशेयर अंकित तथा चुक्ता मूल्य १०० रूपैयाँ अंकित दरको १ करोड ८४ लाख ५० हजार ३८२.३९ कित्ता शेयर सूचीकरण भएको हो ।

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई १ः०.९६ को अनुपातमा प्राप्ति गरेको थियो ।

मंगलबार, ०१ असार २०७८, १३ : २७

प्रतिक्रिया