काठमाडौं, साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक १.२९ अंकले घटेर २९६८.४३ विन्दुमा बन्द भएको छ ।
आज २९८२.९७ विन्दुदेखि खुला भएको थियो । बिहीवार नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ०.५८ अंक घटेर ५४१.१२ विन्दुमा झरेको छ ।
बिहीवार कारोबार रकम पनि अघिल्लो दिनभन्दा कम भएको छ । आज कारोबार रकम रू. १० अर्ब ९० करोड ४९ लाख ५८ हजारमा सिमित भएको हो ।
यस दिन २२३ ओटा कम्पनीको १ लाख २४ हजार ५६१ पटक २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक शेयर कारोबार गरेको छ ।
उक्त कम्पनीको यो दिन रू. ७७ करोड ३७ लाख ३९ हजार बराबरको ४ लाख ८ हजार ४४३ कित्ता शेयर कारोबार भएको छ ।
बिहीवारको बजारबाट विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत बढेको छ ।
त्यस्तै होटल्स तथा पर्यटनको ०.९८ प्रतिशत, वित्तको १.४२ प्रतिशत, निर्जीवनको ०.३५ प्रतिशत, अन्यको १.१७ प्रतिशत र जीवन बीमाको ०.०८ प्रतिशत परिसूचक बढेको छ ।
यसैगरी, लघुवित्त समूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ्गको ०.५४ प्रतिशत, व्यापारिकको ०.३७ प्रतिशत, जलविद्युतको ०.१ प्रतिशत,त्पादन तथा प्रशोधनको ०.१९ प्रतिशत, म्युचुअल फण्डको ०.२३ प्रतिशत र लगानी समूहको ०.१९ प्रतिशत परिसूचक घटेको छ ।
प्रतिक्रिया