ब्रोकरलेस कारोबार तत्काल सम्भव छैन, अध्ययन गर्दैछौँ : नेप्से

शुक्रबार, ०४ असार २०७८, ०८ : ३१

काठमाडौं - ब्रोकरलेस कारोबार तत्काल व्यावहारिक र सम्भव नभएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का प्रवक्ता मुराहरी पराजुलीले बताए । यद्यपि यसको सम्भावना बारे अध्ययन भइरहेको उनको भनाइ छ ।

ब्रोकर कम्पनीहरुले टीएमएस प्रयोग गरेको शुल्क अहिले तिर्नु नपरे पनि शुल्क लाग्ने गरी आफूहरुले नीति बनाएर बोर्डमा पठाएको पराजुलीले बताए ।

हरेक एक लगानीकर्तासँग डिल गर्न सहज नभएकाले ब्रोकर चाहिने र ब्रोकरले जोखिम व्यवस्थापन गर्ने नेप्सेको धारणा छ । विकसित देशहरुले पनि ब्रोकरलेस कारोबार गर्न नसकेको नेप्सेको तर्क छ । 

टीएमएस लिनका लागि न्यूनतम पनि मासिक ६५ हजार तिर्नुपर्ने गरी नेप्सेले व्यवस्था गर्न लागेको छ । बोर्डले पास गरेपछि ब्रोकरसँग नेप्सेले शुल्क लिन थाल्नेछ । यसलाई पटक पटक मर्मत सम्भार गर्नुपर्ने हुन सक्छ । त्यसका लागि पनि खर्च लाग्छ ।

पराजुली भन्छन्, ‘मानौँ खोटाङको एउटा लगानीकर्ताले सेयर किन्नका लागि अर्डर गर्यो तर पछि उसले पैसा भुक्तान गरेन भने उसलाई खोटाङ गएर कसरी समात्ने रु हो यस्तै केश आउन नदिन ब्रोकर चाहिएको हो । ताकि त्यस्ता जोखिम व्यवस्थापनको जिम्मेवारी ब्रोकर नै होऊन् भनेर ।’

लगानीकर्ताहरूले अनलाइन कारोबारमा लाग्ने लागतको विषय नबुझेर ब्रोकरलेस कारोबार हुनुपर्छ भनेर आवाज उठाएको पराजुलीको तर्क छ ।

शुक्रबार, ०४ असार २०७८, ०८ : ३१

प्रतिक्रिया