काठमाडौं, नागरिक लगानी कोषको वार्षिक साधारण सभा शुक्रबार असार १८ गते हुने भएको छ । सभा कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा दिउसो २ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने एजेन्डा पेश गर्दैछ । यसले गत वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर र करसहित ८.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
साधारण सभा प्रयोजनको लागि कोषले असार ८ गते बुक क्लोज गरिसकेको छ । असार ७ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
प्रतिक्रिया