१२ कम्पनीको ३१ लाख ५३ हजार कित्ता शेयर लिलामीमा, कुनको कति ?

विहीबार, १७ असार २०७८, १३ : ५७

काठमाडौं, एक दर्जन अर्थात १२ कम्पनीका ३१ करोड ५३ लख रुपैयाँ बराबरका ३१ लाख ५३ हजार कित्ता शेयर लिलामीमा छन्। ती कम्पनीहरुले साधारण शेयरको मूल्य भन्दा घटाएर शेयर बिक्री गर्न खोजेका छन्। यसै पनि साधारण शेयर भन्दा संस्थापक शेयरको मूल्य कम हुने गर्छ। तर अन्य कम्पनीहरूको तुलनामा लघुवित्त  कम्पनीको संस्थापक शेयरकै मूल्य बढी हुने गरेको छ।  तर बजारमा संस्थापक शेयर किन्न लगानीकर्ताहरू आकर्षित देखिएका छैनन्।

संस्थापक शेयरको मूल्य कम हुने र त्यसमा पनि खरिद बिक्री त्यति सहज नभएका कारण पनि लगानीकर्ताले संस्थापक शेयरमा त्यति चासो दिदैनन्। तर संस्थागत लगानीकर्ताहरूले भने यस्तो किसिमको शेयर बढी किन्ने गर्छन्। उनीहरूले लामो समय होल्ड गर्ने र कम्पनीले दिने प्रतिफललाई आधार बनाएर शेयर किन्ने भएकोले पनि उनीहरूको संस्थापक शेयरमा आकर्षण हुने गर्छ। तर यतिबेला मूल्य अलि बढी पर्न जाने भएकोले उनीहरूले पनि त्यति चासो दिएका छैनन्।

एक दर्जन कम्पनीले संस्थापक शेयर बिक्री गर्न बोल कबोल आह्वान गरेका छन्। बढ्दो बजारमा बढी मूल्य पाउने आश गर्दै कम्पनीहरूले बोलकबोल आह्वान गरेका हुन्। बोलकबोल मार्फत शेयर बिक्री गर्न चाहनेमा धेरै जसो लघुवित्त कम्पनीहरू छन्।

कुन कम्पनीको कति कित्ता ?

COMPANY                             TOTAL AMOUNT

NNC Bank                               900,000

Premeir insurance                 548,025

Forward microfinance          394,634.46

national life insurance           225,000          

chhimek lagubitta                  200,000

swabalaban laghubitta          190,652

swabalaban laghubitta           190,650

prime commercial bank          170,000

first microfinance                    100,000

prabhu bank                            100,000

citizen investment fund          100,000

grameen bikas laghubitta       35000

TOTAL                                      31,536,961.46

विहीबार, १७ असार २०७८, १३ : ५७

प्रतिक्रिया