तेस्रोे घण्टा : नेप्सेमा  २५.२६ अंकको वृद्धि, कारोबार रकम भने साढे ४ अर्ब नजिक

विहीबार, १७ असार २०७८, १४ : १२

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको तेस्रोे घण्टामा नेप्से परिसूचक २५.२६ अंकले बढेर २८४९.१४ विन्दुमा पुगेको छ ।  कारोबारको तेस्रो घण्टामा परिसुचक ०.८९ प्रतिशतले बढेको हो ।  

तेस्रोे घण्टाको अवधिमा कारोबारमा आएका २१९ ओटा कम्पनीको ४५ हजार ९८४ पटकको कारोबारमा २ करोड ६२ लाख २२ हजार ८८५ कित्ता शेयरको रू ४ अर्ब ४१ करोड ४७ लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म नेको इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू १५ करोड ८५ लाख बराबरको शेयर कारोबार भएको छ । 

आज  २१९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ३७ शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

विहीबार, १७ असार २०७८, १४ : १२

प्रतिक्रिया