सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

मंगलबार, २९ असार २०७८, ०९ : ०५

काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंकले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । 

बैंकले गत चैत ९ गतेसम्म सेयर डिम्याट गराएकाहरुको ५ प्रतिशत बोनस सेयर खातामा पठाइदिएको हो । चैत ९ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।  
 
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरीने बैंकले जनाएको छ । 

बैंकको चैत २३ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

मंगलबार, २९ असार २०७८, ०९ : ०५

प्रतिक्रिया