काठमाडौं, पछिल्लो समय शेयर बजारमा नयाँ लगानीकर्ताहरू भित्रिने क्रम बढ्दो छ ।
नयाँ लगानीकर्ताहरूलाई शेयर सम्बन्धी धेरै कुरा थाहा नहुन पनि सक्छ ।
विभिन्न किसिमका सेयरहरु किनबेच गर्दा लगानीकर्ताले धितोपत्र दलाल (ब्रोकर) लाई कमिसन तिर्नुपर्छ । भिन्न भिन्न कारोबारका लागि नियमन निकाय नेपाल धितोपत्र बोर्डले छुट्टाछुट्टै कमिसनको दर भिन्न किसिमले निर्धारण गरेको हुन्छ ।
सेयरको कारोबारमा
रकम कमिसन (प्रतिशत)
५०,००० सम्म ०.४०
५०,००१ देखि ५,००,००० सम्म ०.३७
५,००,००१ देखि २०,००,००० सम्म ०.३४
२०,००,००१ देखि १,००,००,००० सम्म ०.३०
१,००,००,००० देखि माथी ०.२७
सरकारी तथा संस्थागत ऋणपत्रको कारोबारमा
रकम कमिसन (प्रतिशत)
५,००,००० सम्म ०.१०
५,००,००१ देखि ५०,००,००० सम्म ०.०५
५०,००,००० देखि माथी ०.०२
सामुहीक लगानी कोष तथा अन्य धितोपत्रको कारोबारमा
रकम कमिसन (प्रतिशत)
५,००,००० सम्म ०.१५
५,००,००१ देखि ५०,००,००० सम्म ०.१२
५०,००,००० देखि माथी ०.१०
प्रतिक्रिया