प्रि ओपन सेसन : साढे १२ अंकले बढ्यो नेप्से, ३१ कम्पनीको शेयरमुल्य वृद्धि

मंगलबार, २९ असार २०७८, १० : ५५

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १२ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ४५.१२ अंक घटेर २८५४.७० विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा १२.४६ अंक बढेर २८६७.१६ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.९९ अंक बढेको छ।

यस दिन प्रि ओपन सेसनमा ४५ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ३१ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ९ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

मंगलबार, २९ असार २०७८, १० : ५५

प्रतिक्रिया