मञ्जुश्री फाइनान्सको शेयरमुल्य ११ सय माथि, साढे ३३ हजार बढी कित्ता शेयर खरिदमाग

मंगलबार, २९ असार २०७८, ११ : ३८

काठमाडौं, कारोबारको तेस्रो दिन(मंगलबार) कारोबार सुरु भएको आधा घण्टामा मञ्जुश्री फाइनान्सको शेयरमुल्य करिब ४ प्रतिशतले बढेको छ ।

आज ११ः३० बजेसम्म आइपुग्दाँ फाइनान्सको शेयरमुल्य ३.७९ प्रतिशतले वृद्धि भई प्रतिकित्ताको मुल्य १ हजार १२२ रुपैंया पुगेको छ ।

सोही अवधीसम्म फाइनान्सको ३३ हजार ५७७ कित्ता शेयर खरिदमाग भएको छ । अधिकतम १ हजार ९५० सम्म फाइनान्सको शेयर खरिदमाग भएको हो । यस्तै, ११ हजार ५७६ कित्ता शेयर बिक्रीमाग भएको छ । 

मंगलबार, २९ असार २०७८, ११ : ३८

प्रतिक्रिया