काठमाडौ, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ ।
आज परिसुचक सो अवधीसम्ममा १८.५३ अंकले उकालो लागेर २८७३.२३ को बिन्दुमा पुगेको छ ।
एक घण्टाको अवधिमा कारोबारमा आएका २०४ ओटा कम्पनीको १२ हजार ६९१ पटकको कारोबारमा २६ लाख ६० हजार १०८ कित्ता शेयरको रू १ अर्ब ३२ करोड १६ लाख बराबरको कारोबार भएको छ ।
आज २०४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको २६ शेयरमूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया