काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ६ अंकले उकालो लागेको छ ।
आज परिसुचक सो अवधीसम्ममा ६.०५ अंकले उकालो लागेर २८६०.७५ को बिन्दुमा पुगेको छ ।
दुई घण्टाको अवधिमा कारोबारमा आएका २२१ ओटा कम्पनीको २१ हजार ४८८ पटकको कारोबारमा ४३ लाख ९९ हजार ७१६ कित्ता शेयरको रू २ अर्ब २२ करोड २७ लाख बराबरको कारोबार भएको छ ।
आज २२१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १०६ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ५८ शेयरमूल्य घटेको छ । १८ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया