तेस्रो घण्टा : करिब २० अंकले बढेको शेयर बजारमा कतिको कारोबार ?

मंगलबार, २९ असार २०७८, १४ : ०७

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक करिब २० अंकले उकालो लागेको छ ।

आज परिसुचक सो अवधीसम्ममा १९.९६ अंकले उकालो लागेर २८७४.६५ को बिन्दुमा पुगेको छ । 

तीन घण्टाको अवधिमा कारोबारमा आएका २२३ ओटा कम्पनीको ३३ हजार १९ पटकको कारोबारमा ७१ लाख १ हजार ९० कित्ता शेयरको रू ३ अर्ब ५१ करोड ७० लाख बराबरको कारोबार भएको छ ।

आज २२३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १४८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको २९ शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।

मंगलबार, २९ असार २०७८, १४ : ०७

प्रतिक्रिया