काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको अन्तिम समयमा आउँदा नेप्से परिसुचक दोहोरो अंकले उकालो लागेको छ ।
तीन बजेसम्म परिसुचक १६.३४ अंकले बढेर २८७१.०३ को बिन्दुमा पुगेको छ ।
सो अवधीसम्म कारोबारमा आएका २२३ ओटा कम्पनीको ५३ हजार १३९ पटकको कारोबारमा १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयरको रू ५ अर्ब ५४ करोड ६३ लाख बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये नेपाल बङगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । आज बैंकले ४५ करोड ४७ लाख रुपैंया बराबरको शेयर कारोबार गरेको छ ।
यस्तै, आज २२१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३७ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ३६ शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।
कारोबारका १३ उपसमुहमध्ये जीवन बीमा समुह घटेको छ भने बाँकी उपसमुह बढेका छन ।
प्रतिक्रिया