आइसिएफसी फाइनान्सले डिबेन्चरको १२% ब्याज वितरण गर्न साउन १ गते बुक क्लोज गर्ने

बुधबार, ३० असार २०७८, ११ : २३

काठमाडौं, आइसिएफसी फाइनान्स लिमिटेडले ७ वर्षे अवधिको १२ प्रतिशत ब्याजदर रहेको डिबेन्चरको ब्याज वितरण गर्न बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीले आइसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को अर्ध वार्षिक ब्याज भुक्तानीका लागि साउन १ गते एक दिन बुक क्लोज गर्ने भएको हो ।

तसर्थ, बिहीबार (असार ३१ गते) सम्म कायम डिबेन्चरधनीले मात्र अर्धवार्षिक (असार मसान्तसम्मको) ब्याज भुक्तानी पाउनेछन् ।

अर्धवार्षिक ब्याज वापतको रकम कम्पनीले ऋणपत्र धनीहरुको बैंक खातामार्फतनै उपलब्ध गराउने जानकारी दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । 
 

बुधबार, ३० असार २०७८, ११ : २३

प्रतिक्रिया