काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ ।
आज परिसुचक सो अवधीसम्ममा २.२० अंकले उकालो लागेर २८७३.२४ को बिन्दुमा पुगेको छ ।
एक घण्टाको अवधिमा कारोबारमा आएका १९५ ओटा कम्पनीको १२ हजार २२३ पटकको कारोबारमा १ करोड १६ लाख ७७ हजार ५९३ कित्ता शेयरको रू १ अर्ब ३८ करोड ३५ लाख बराबरको कारोबार भएको छ ।
आज १९५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८७ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ६७ शेयरमूल्य घटेको छ । १८ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया