काठमाडौं, प्राइम कमर्सियल बैंकले आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाको डेढ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
बैंकले लघुवित्तको १ लाख ५० हजार कित्ता संथापक शेयर न्यूनतम मूल्य ४०० रुपैयाँ तोकेर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी ३५ दिनभित्र आफुले खरी दगर्न चाहेको शेयर संख्या र मूल्य खुलाई बोलपत्र पेश गर्न सक्नेछन् ।
लघुवित्तको संस्थापम शेयर न्यूनतम मूल्यमा बिक्री भएमा बैंकले उक्त शेयर बिक्रीबाट ४ करोड ५० लाख रुपैयाँ प्रिमियम प्राप्त गर्नेछ ।
प्रतिक्रिया