काठमाडौं, एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन दिने भोलि(बिहीबार) अन्तिम दिन रहेको छ ।
बैंकले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,महुली लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको हो ।
आरएमडिसी लघुवित्तको ३ लाख ७३ हजार ७६५ कित्ता संस्थापक शेयर,मेरो माइक्रोफाइनान्सको ५६ हजार ८६८ कित्ता र महुली लघुवित्त वित्तीय संस्थाको५३ हजार ७० कित्ता शेयर लिलामीमा ल्याएको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक आवेदकले आरएमडिसीको न्यूनतम मूल्य प्रतिकित्ता रू.४७३,महुलीको रू.७५२ र मेरो माइक्रोफाइनान्सको रू. ५३४ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
ती तीन ओटै कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया