काठमाडौं, कोरोबारको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकको बृद्धि भएको छ । हिजो मंगलबार नेप्से १६.३४ अंकले बढेर २८७१.०३ विन्दुमा पुगेको थियो ।
आज नेप्से १.१ अंकले बढेर २८७२.५ विन्दुमा पुगेको छ भने कारोबारमा आएका २१४ ओटा कम्पनीको ५० हजार ५९१ पटकको कारोबारमा ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयरको रू ५ अर्ब ६५ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा भएको छ । शेयरमूलय बढ्ने कम्पनीहरुमा हिमालयन पावर पार्टनर, नेपाल फाइनान्स लिमिटेड र कालिका पावर कम्पनी रहेको छ ।
त्यस्तै, आज ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी गुँरास फाइनान्स कम्पनीको भएको छ ।
प्रतिक्रिया