बुधवार पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि,कुनको कतिले प्रतिशतले बढ्यो ?

बुधबार, ३० असार २०७८, १५ : ४१

काठमाडौं, साताको चौथो कारोबार दिन बुधवार पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ । 

 हिमालयन पावर पार्टनर, नेपाल फाइनान्स, कालिका पावर कम्पनी,रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको शेयरमूल्यमा वृद्धि भएको हो ।

हिमालयन पावर पार्टनरको शेयरमूल्य ८.१० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४५४ पुगेको हो । 

त्यसैगरी नेपाल फाइनान्सको शेयरमूल्य ७.७१ प्रतिशत, कालिका पावरको ७.११ प्रतिशत,रसुवागढी हाइड्रोपावरको ५.९४ प्रतिशत र साञ्जेन जलविद्युत् कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७.७३ प्रतिशतले वृद्धि भएको छ । 

ती पाँच ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

बुधबार, ३० असार २०७८, १५ : ४१

प्रतिक्रिया