भोलिदेखि बिक्रीमा आउँदै माछापुच्छ्रे बैंकको ऋणपत्र,ब्याजदर कति ?

बुधबार, ३० असार २०७८, १५ : ५७

काठमाडौं, माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गते अर्थात बिहीबारबाट ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

 बैंकले जसमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

बैंकले १० वर्ष अवधिको ८.५० प्रतिशत व्याजदर भएको ऋणपत्र निष्कासन गर्न लागेको हो । 

बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

असार ३१ गते  निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा साउन ४ गते र ढिलोमा साउन १७ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बुधबार, ३० असार २०७८, १५ : ५७

प्रतिक्रिया