पहिलो घण्टा : नेप्सेमा ९ अंकको वृद्धि,कारोबार रकम डेढ अर्ब नजिक

विहीबार, ३१ असार २०७८, १२ : ०९

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक करिब ९ अंकले उकालो लागेको छ ।

आज परिसुचक सो अवधीसम्ममा ८.९९ अंकले उकालो लागेर २८८१.०४ को बिन्दुमा पुगेको छ । 

एक घण्टाको अवधिमा कारोबारमा आएका २०४ ओटा कम्पनीको १२  हजार ५२० पटकको कारोबारमा १ करोड ८३ लाख ३ हजार ६६० कित्ता शेयरको रू १ अर्ब ३९ करोड ७२ लाख बराबरको कारोबार भएको छ ।

आज २०४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ११९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४२ शेयरमूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

विहीबार, ३१ असार २०७८, १२ : ०९

प्रतिक्रिया