तेस्रो घण्टा : १२.८१ अंकले उकालो लागेको नेप्सेमा ५ अर्ब बढीको कारोबार

विहीबार, ३१ असार २०७८, १४ : ०५

काठमाडौं,  कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक करिब १२.८१ अंकले उकालो लागेको छ ।

आज परिसुचक सो अवधीसम्ममा १२.८१ अंकले उकालो लागेर २८८४.८६ को बिन्दुमा पुगेको छ । 

तीन घण्टाको अवधिमा कारोबारमा आएका २२१ ओटा कम्पनीको ४४ हजार ९६९ पटकको कारोबारमा ४ करोड २४ लाख ८६ हजार ६६१ कित्ता शेयरको रू ५अर्ब २६ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।

आज २२१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३६ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको २८ शेयरमूल्य घटेको छ । १८ कम्पनीको मूल्य स्थीर रहेको छ ।

विहीबार, ३१ असार २०७८, १४ : ०५

प्रतिक्रिया