नेको इन्स्योरेन्सको १६.३२ % लाभांश पारित, बोनस शेयर कति ?

विहीबार, ३१ असार २०७८, १४ : १२

काठमाडौं,  नेको इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

बिहीबार भर्चुअल माध्यमबाट आयोजित सभाले १५.५ प्रतिशत बोनस शेयर र ०.८२ प्रतिशत नगद लाभांश गरेर कुल १६.३२ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३१ करोड रहेको छ ।

विहीबार, ३१ असार २०७८, १४ : १२

प्रतिक्रिया