गोर्खाज फाइनान्सको झन्डै ३ लाख कित्ता शेयर खरिदबिक्री, रकम कति ?

विहीबार, ३१ असार २०७८, १४ : ५३

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) गोर्खाज फाइनान्स लिमिटेडको करिब ३ लाख कित्ता शेयर खरिद बिक्री भएको छ ।

कम्पनीको आज कारोबार सुरु भएको करिब ४ घण्टा अर्थात २ः४५ सम्म २ लाख ९७ हजार ९४८ कित्ता शेयर खरिदबिक्री भएको हो ।

सो अवधीसम्म उक्त कित्ता खरिद बिक्री हुदाँ रु.३५ करोड ९८ लाख बराबरको शेयर कारोबार भएको छ । यस्तै, उक्त अवधीसम्म कम्पनीको शेयरमुल्य ६० रुपैंयाले बढेर १ हजार २६९ पुगेको छ ।

मार्केट डेपमा कम्पनीको ३४ हजार ७७६ कित्ता शेयर खरिद माग भएको छ भने २३ हजार ३०४ कित्ता शेयर बिक्री माग भएको छ । 
 

विहीबार, ३१ असार २०७८, १४ : ५३

प्रतिक्रिया