काठमाडौं, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस शेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
इन्स्योरेन्सको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १० लाख ५६ हजार २७४.८४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीको जेठ ६ गते सम्पन्न भएको कम्पनीको २५ औँ वार्षिक साधारण सभाले उक्त बोनस पारित गरेको थियो ।
प्रतिक्रिया