नेको इन्सुरेन्सको लाभांश प्रस्ताव पारित, बोनस शेयर कति ?

शुक्रबार, ०१ साउन २०७८, १० : २०

काठमाडौं,  नेको इन्सुरेन्सको बोनस शेयर प्रस्ताव पारित गरेको छ । 

नेकोको बिहीबार सम्पन्न साधारण सभाले १५.५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । नेकोले अहिले १ अर्ब ३१ करोड ७४ लाख ३२ रुपैयाँ चुक्ता पुँजीमा यो बोनस शेयर दिएको हो । अब बोनसपछि पुँजी १ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका एजेन्डा पनि अनुमोदन भएको छ । 

शुक्रबार, ०१ साउन २०७८, १० : २०

प्रतिक्रिया