गत आर्थिक वर्षमा गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै वृद्धि, अन्य कुन कुन ?

शुक्रबार, ०१ साउन २०७८, १३ : ५९

काठमाडौं, गत आर्थिक वर्ष नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९३३ प्रतिशतले बढेको छ। 

गत वर्ष फाइनान्स उपसमूहको सूचक २८२ प्रतिशतले बढेको छ जसमा गोर्खाज फाइनान्स सबैभन्दा धेरै बढेको हो।

यस्तै, गत आर्थिक वर्षमा अधिकाँश हाइड्रोपावरको शेयरमूल्य उच्च रुपले बढेको देखिएको छ। उच्चरुपले शेयरमूल्य बढ्ने शीर्ष १० कम्पनीमा ९ वटा हाइड्रोपावर कम्पनी रहेको देखिएको छ।

गत आर्थिक वर्षमा हाइड्रोपावर उपसमूहको सूचक पनि १९९ प्रतिशतले बढेको छ। जसमा युनियन हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५२५ प्रतिशतले बढेको छ भने रिद्धि हाइड्रोपावरको पनि ६२० प्रतिशतले बढेको छ।

गत एक वर्षमा बरुण हाइड्रोपावरको शेयरमूल्य ५६५ प्रतिशतले बढेको छ भने छ्याङ्दी हाइड्रोको ५३६ प्रतिशत,घलेम्दी हाइड्रोको ४९८ प्रतिशत,आँखु खोला जलविद्युतको ४८९ प्रतिशत, जोशि हाइड्रोपावरको ४८८ प्रतिशत, नेशनल हाइड्रोपावरको ४८४ प्रतिशत र दिब्यश्वरी हाइड्रोपावरको ४७५ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा उच्च रुपले बढेको नेप्सेमा पनि स्ट्यान्डर्ड चाटर्ड र नेपाल एसविआई बैंकको शेयरमूल्य भने घटेको छ। स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयरमूल्य प्रतिकित्ता १२ रुपैयाँले घटेको छ भने नेपाल एसविआई बैंकको प्रतिकित्ता १ रुपैयाँले घटेको छ।

शुक्रबार, ०१ साउन २०७८, १३ : ५९

प्रतिक्रिया