काठमाडौं, छिमेकी लघुवित्त वित्तिय संस्था लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा हिजो (मंगलबार) देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
फाइनान्सले प्रकाशन गरेको व्याजदर अनुसार विभिन्न प्रकारको कर्जामा १० प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । लघुवित्तले शिक्षा तथा स्वास्थ्य कर्जा, साधारण कर्जा, व्यासायिक कर्जा र उद्यमशीलता
विकास कर्जामा १५ प्रतिशत ब्याजदर रहेको छ ।
यस्तै,धितो कर्जा तर्फ घर कर्जामा १५ प्रतिशत नै ब्याज रहेको छ ।
यसैगरी, समूह सदस्य बचत अन्र्तगत अनिवार्य बचतमा ६ प्रतिशत, ऐच्छिक बचतमा ६ र पेन्सन बचतमा ८.५ देखि १०.५ प्रतिशत ब्याजदर रहेको छ ।
प्रतिक्रिया