नबिल बैंकले ल्यायो रकम जम्मा गर्न र झिक्न मिल्ने 'क्यास मेशिन' !

बुधबार, ०२ भदौ २०७८, १७ : ४८

नबिल बैंकले नबिल क्यास मेशिन जारी गरेको छ । बैकले एटिएम मार्फत रकम झिक्ने र रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको हो।  

यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेशिनमा एक हजार, ५ सय, १ सयको नेपाली रुपैया“ जम्मा गर्न सक्ने छन् भने एक पटकमा ९९ हजार ९०० जम्मा गर्न सक्ने छन् । 

साथै यस मार्फत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने छन् ।

बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु मार्फत सेवा दिदै आएको छ ।

बुधबार, ०२ भदौ २०७८, १७ : ४८

प्रतिक्रिया