सिनर्जी पावरको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, कति प्रतिशत ?

विहीबार, ०३ भदौ २०७८, ०८ : ३६

काठमाडौं - सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि  कम्पनीले भोली देखि भदौ १८ गतेसम्म बुक क्लोज गर्दैछ । 

कम्पनीले भदौ १८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा १० प्रतिशत बोनस रसेयरपछि ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

कम्पनीको गत साउन २४ गते बसेको सञ्चालक समिति बैठकले निर्णय गरे बमोजिम बोनस र हकप्रद जारी गर्ने प्रस्ताव सभामा पेश हुन लागेको हो । प्रस्तावित १० प्रतिशत बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्तव पनि गर्ने छ । 
 
बोनसपछि कायम हुने चुक्ता पुँजीको ५०५ (२ः१ अनुपातमा) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सिनर्जीले हाल कायम चुक्ता पुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको १० प्रतिशत बोनस प्रस्ताव गरेको हो । 

बोनसपछि यसको चुक्ता पुँजी ७९ करोड ६५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । सोही पुँजीको ५०५ हकप्रद जारी हुनेछ । हकप्रद भने साधारण सभाले पारित गरी नियामक निकायबाट स्वीकृति पाएपछि मात्र जारी हुनेछ ।
 
 

विहीबार, ०३ भदौ २०७८, ०८ : ३६

प्रतिक्रिया