काठमाडौं - एलआईसी नेपालले बीमा गरेको ११ महिना नपुग्दै मृत्यु भएका व्यक्तिका हकवालालाई मृत्यु दाबीबापत रकम भुक्तानी गरेको छ । कम्पनीले ५३ लाख ३० हजार रुपैयाँ घरमै पुगेर भुक्तानी गरेको हो ।
करिब १ वर्षअघि ललितपुरको गोदावरी नगरपालिका–१४ का कृष्णहरि श्रेष्ठले एलआईसी नेपाल ललितपुर शाखाबाट ५० लाख रुपैयाँ बीमांकको जीवन बीमा गराएका थिए । बीमा गराएको ११ महिना नपुग्दै उनको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको थियो ।
निजको मृत्युपछि श्रीमती सजना श्रेष्ठलाई मृत्यु दाबी भुक्तानीबापत ५३ लाख ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएका छ ।
प्रतिक्रिया