प्रभु लाइफ इन्स्योरेन्सको नाफा १७ करोड माथि, बिमा शुल्क र प्रतिशेयर आम्दानी कति ?

विहीबार, ०३ भदौ २०७८, ०९ : ५९

काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफा २८३.४७ प्रतिशतले बढेर १७ करोड ६ लाख ३१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ४ करोड ४४ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधीसमम प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५३ पैसा र प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ २३ पैसा छ । 

चुक्ता पुँजी २ अर्ब र जगेडा कोषमा ३९ करोड ५५ लाख ७७ हजार रुपैयाँ रहेको छ । जीवन बिमा कोषको आकार ८९.९६ प्रतिशतले बढेर १ अर्ब ९४ करोड ७ लाख ५६ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क १ अर्ब ४० करोड ३ लाख ७९ हजार रुपैयाँ छ । 

विहीबार, ०३ भदौ २०७८, ०९ : ५९

प्रतिक्रिया