काठमाडौं, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले भदौ ५ गते साधारण सभा बोलाएको छ । तर कम्पनीले यो वर्ष लगानीकर्तालाई लाभांश भने नदिने भएको छ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
अन्य कुनै लघुवित्त कम्पनीसँग गाभ्न/गाभिन परेमा त्यसको सम्पूर्ण जिम्मा सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।
सभा प्रयोजनका लागि ग्रामीणले साउन २५ गतेदेखि भदौ ५ गतेसम्म बुक क्लोज गरेको छ । साउन २४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया