ग्लोबल आइएमई बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता, विषेश सुविधासहित कर्जा उपलब्ध गर्ने

विहीबार, ०३ भदौ २०७८, १० : ०९

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

समझदारी पत्रमा बैंकको तर्फबाट बैंकको प्रदेश नं १ प्रमुख सुभाष सापकोटा तथा महासंघको तर्फबाट महासंघको प्रदेश नं १ अध्यक्ष टिकाराज ढकालले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ्ग पहुंच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्राथमिकतामा राखी विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

त्यस्तै, अपांगता भएका व्यक्तिहरुले व्यवसायिक कर्जा लिन चाहेमा विषेश सुविधासहित कर्जा उपलब्ध गरिने पनि समझदारीपत्रमा उल्लेख छ । 

विहीबार, ०३ भदौ २०७८, १० : ०९

प्रतिक्रिया