काठमाडौं, हिमालयन क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा भदौ २५ गते हुने भएको छ । कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय, ठमेल, काठमाडौंमा बिहान ११ बजे उक्त सभा शुरु हुने भएको हो ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया