आईपीओ निष्कासनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको उल्लेख्य प्रगति, प्रतिशेयर आम्दानी कति ?

विहीबार, ०३ भदौ २०७८, ११ : ०६

काठमाडौं, सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको नेष्डो समृद्ध लघुवित्तले उल्लेख्य प्रगति गरेको छ ।

कम्पनीले गत आवमा १६ करोड ३३ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा ९ करोड ७८ लाख ८७ हजार रुपैयाँ रहेको खुद नाफा कमाएको लघुवित्तको नाफा ६६.८३ प्रतिशतले बढेको हो ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ९४.८८ रुपैयाँ रहेको छ ।

नेष्डो समृद्ध लघुवित्तले गत आवमा २ अर्ब २४ करोड निक्षेप संकलन, ३८ करोड ९२ लाख सापटीबाट ३ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

कम्पनीको खुद ब्याज आम्दानी सामान्य बढेर ४१ करोड १६ लाख ३० हजार रुपैयाँ र सञ्चालन नाफा १० करोड ७९ लाख बढेर २५ करोड ९२ लाख २० हजार रुपैयाँ कमाएको छ ।

चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको लघुवित्तले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ बिक्रीका लागि बोर्डसँग अनुमति मागिसकेको छ ।

कम्पनीको जगेडा कोषको आकार २७ करोड ७८ लाखबाट बढेर ४२ करोड ७३ लाख २५ हजार रुपैयाँ सञ्चित हुन पुगेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा ६.९७ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले अनुगमन गर्ने संस्थाको ५ प्रतिशतभन्दा धेरै खराब कर्जा अनुपात भएमा बैंकले कारवार्ही गर्ने गरेको छ ।

विहीबार, ०३ भदौ २०७८, ११ : ०६

प्रतिक्रिया