काठमाडौं - सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पुनः विरेन्द्र वेदवार क्षेत्री नियुक्त भएका छन् ।
भदौ २ गते बसेको कम्पनीको सञ्चालक समितीको बैठकले क्षेत्रीलाई थप ४ बर्षे कार्यकालका लागि पुन प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । अघिल्लो कार्यकालका लागि २०७४ भदौ १ गतेको सञ्चालक समितीको बैठकले क्षेत्रीलाई सिईओमा नियुक्त गरेको थियो ।
क्षेत्रीले यसअघि नै जनरल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्समा काम गरिसकेका छन् ।
प्रतिक्रिया