काठमाडौं, एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।
यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ र बाँकी १२ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । बैंकले ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर दिइनेछ ।
बैंकले ८ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यपिटलले गर्नेछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ
प्रतिक्रिया