काठमाडौं, मुक्तिनाथ विकास बैक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा भदौ १ गते (मंगलबार)देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले प्रकाशन गरेको व्याजदर अनुसार विभिन्न प्रकारको बचत खातामा न्युनतम ३.०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशतसम्म व्याज दिइनेछ । बचत खातामध्ये साधारण बचत खाता, मुक्तिनाथ प्रिमियम बचत खाता, महिला पेवा बचत खाता र सुनौलो बाल बचत खातामा ३.०१ प्रतिशत ब्याजदर रहेको छ । यस्तै कमचारी बचत खाता ४.७६ प्रतिशत ब्याज रहेको छ भने मुक्तिाथ समृद्धि बचत खातामा ५.०१ प्रतिशत ब्याजदर रहेको छ ।
त्यस्तै, व्यक्तिगत मुद्दती निक्षेपमा ७.५० प्रतिशतदेखि ८.०१ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ६.७५ प्रतिशतदेखि ८.०१ प्रतिशतसम्म व्याजदर रहेको छ ।
कर्जा अन्र्तगत आधारदर सहित व्यावसायिक कर्जामा ४.५० प्रतिशत, कृषि कर्जामा ४.५० प्रतिशत,घर कर्जामा ४.५० र व्यक्तिगत कर्जामा ५ प्रतिशत ब्याजदर रहेको छ ।
बैंकको आधार दर ८.०५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया