काठमाडौं, नबिल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंक १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ३.५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
यस्तै, व्यक्तिगत मुद्दतिमा अधिकतम ७.५१ प्रतिशत ब्याज दिने भनेको छ । ३ महिनाको मुद्दतिको ब्याजदर ५.५१ प्रतिशत निर्धारण गरेको छ । यता, बैंकको असार मसान्तसम्म आधार दर ५.८६ प्रतिशत रहेको छ ।
बैंकले आधार दरमा ७ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ । स्थिर ब्याजमा घर कर्जाका लागि बैंकले न्यूनतम ८.४९ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।
प्रतिक्रिया