काठमाडौं,रिलायन्स लाइफ इन्स्योरेस्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दाँ कम्पनीले ७ करोड १ लाख ४६ हजार रुपैयाँ खुद नाफा कामएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ६१.७१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसैअवधिमा यसले ४ करोड ३३ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा यसको जीवन बिमा कोषको आकार १२९२४ प्रतिशतले बढेर २ अर्ब ६३ करोड ७ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १ अर्ब १४ करोड ७५ लाख ७३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । खुद बिमा शुल्क ८३.९० प्रतिशत ले बढेर २ अर्ब ५१ लाख ७५ हजार ५४ हजार रुपैयाँ पुगेको छ । प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३४ पैसा र प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ७६ पैसा छ ।
प्रतिक्रिया